Sunday, September 24, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

भदौ ३०, २०७५ १:५० मा प्रकाशित
डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा
Share on FacebookShare on Twitter

अमेरिका १५ सेक्टेम्वर/

पूर्व प्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको जारी अमेरिका भ्रमणलाई लिएर एनआरएनए बिवादका भुमरीमा फसेको छ । एनआरएनए अमेरिकाका प्रवक्ता विनोदबाबु तिवारीले डा. भट्टराईको भ्रमणका सन्दर्भमा एनआरएनएको लोगो प्रयोगका बारेमा राखेको फेसबुक स्ट्याटस र त्यसमा आएका थुप्रै प्रतिक्रियाहरू पछि बिवाद सतहमा आएको हो ।
एनआरएनए उत्तर अमेरिका क्षेत्रीय संयोजक गौरी जोशीले प्रवक्ता तिवारीको स्टाटसमा “कुकुरले पुच्छर हल्लाउने की पुच्छरले कुकुर हल्लाउने ?” लेखेका थिए । त्यसको जवाफमा तिवारीले “गौरी जी हामी कहिलेबाट कुकुर भइयो” भनेर लेखे । १७ हजार नेपालीको हत्या गरेर राज्यसत्ताको बागडोर सम्हालेका पूर्व प्रधानमन्त्री भट्टराईलाई एनआरएनएले स्वागत गर्न मिल्छ मिल्दैन भन्नेमा प्रवक्ता तिवारी र क्षेत्रीय संयोजक जोशी नै तल्लो स्तरको बहसमा ओर्लिए पछि अमेरिकामा नेपालीहरू दुई कित्तामा  विभक्त भएका छन् । भट्टराईलाई स्वागत गर्न नहुने पक्षमा उभिएका प्रवक्ता तिवारी र भट्टराईलाई रातो कार्पेट विच्छाएर स्वागत गर्नु पर्छ भनेर लागेका क्षेत्रीय संयोजक जोशी बीचको बिवाद बिहीबार र शुक्रवार सामाजिक सञ्जालमा छताछुल्ल भयो । तल्लो स्तरमा झरेर बिवाद नगर्न दबाब परेपछि जोशी र तिवारीले एक अर्काप्रति लक्षित फेसबुक कमेन्ट हटाइसकेका छन् ।


सयौँ नेपालीको हत्या हिंसाका प्रमुख योजनाकार भन्दै आतङ्ककारीको सूचीमा अमेरिकाले लामो समय राखेका बाबुराम भट्टराईलाई न्यानो स्वागत गरिनु हुन्न भनेर सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउनेहरूको सङ्ख्या बढ्दो छ । नरसंहारको आलो घाउ नमेटिँदै त्यसका योजनाकार पूर्व प्रधानमन्त्री भट्टराई र महिला नेतृ हिसिला यमीलाई अमेरिका जस्तो मानव अधिकारको हिमायति देशमा एनआरएनएले स्वागत गर्न मिल्दैन भन्ने प्रवक्ता तिवारीको समर्थनमा धेरै देखिएएका छन् ।

अमेरिका रहेका सयौँ नेपालीले सामाजिक सञ्जालबाट भट्टराईलाई स्वागत नगर्न एनआरएनलाई दबाब दिइरहेका छन् । तर गौरी जोशी भने आम समुदाएको जस्तो सुकै प्रतिक्रिया भए पनि संस्थागत निर्णय र प्रक्रियालाई एनआरएन अमेरिकाले मान्नै पर्ने पक्षमा छन् ।
एनआरएनए आइसीसी अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशीले पूर्व प्रधानमन्त्रीका हैसियतमा भइरहेको डा. भट्टराईको अमेरिका भ्रमणलाई आवश्यक समन्वय गर्न एनआरएनए अमेरिकालाई अनुरोध गरेका थिए । जोशीको अनुरोध अनुरूप नै एनआरएनए अमेरिकाका महासचिव बिआर लामाले सबै स्टेट च्याप्टरहरूलाई आवश्यक समन्वय र सहयोग गर्न पत्राचार समेत गरेका छन् ।
एनआरएनए( एनसीसी, अमेरिकाको अनुरोध अनुसार नै टेक्सस च्याप्टरले डा. भट्टराईसँग गैरआवासीय नेपाली नागरिकता, नेपालको समृद्धि र गैरआवासीय नेपालीहरूको लगानी लगायतका विषयमा छलफल गर्ने उद्देश्यका साथ डालासमा अन्तरक्रियात्मक कार्यक्रम राखिएको टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेलले बताए ।

नेपालको विकास र समृद्धिमा गैरआवासीय नेपालीहरूको धारणा सुन्ने डा. भट्टराईको योजना अनुरूप नै डालासस्थित नेपाली समाज, टेक्सस सहित विभिन्न नेपाली संघ संस्थाहरूको सहकार्यमा आज शनिवार अर्भिंगस्थित नेपाली मन्दिरमा डा. भट्टराईसँग छलफल कार्यक्रम तय गरिएको अध्यक्ष खरेलले दूरबिन नेपाललाई जानकारी गराए ।
भट्टराईको कार्यक्रम बिथोल्न हुन्न भन्ने पक्षमा पनि कतिपयको आफ्नै तर्क छ । नेपालको परिवर्तित राजनीतिक सन्दर्भमा गत संसदीय चुनावमा नेपाली काँग्रेससँगको सहकार्यमा गोरखाबाट चुनाव जितेका डा. भट्टराईले अचेल राजनीतिक बिचार ‘जडतामा होइन विज्ञानको सिद्धान्तमा आधारित हुनु पर्ने र यसलाई समय सापेक्ष परिवर्तन गरिँदै लानु पर्ने’ भनिरहेका छन्। उनको ताजा राजनीतिक बिचार र गैरआवासीय नेपालीहरूको लागि दिइने भनिएको नेपाली नागरिकता, उनीहरूको नेपालमा लगानीको सन्दर्भमा उनले अमेरिका आउनु अघि र अमेरिका आएपछि वाशिंगटन डिसीमा भएको कार्यक्रममा राखेको बिचार सुनेका कतिपय नेपालीहरू भने उनको भ्रमणलाई असहयोग गरिहाल्नु पर्ने कुनै कारण देख्दैनन् । उनीहरूको एउटै आग्रह छ डा. भट्टराईले माओवादी बिद्रोहको नेतृत्व पङ्क्तिमा बसेर १७ हजार नेपालीको ज्यान जाने कारक बनेकोमा आत्मालोचना भने गर्नै पर्छ । तर उनका शुभेच्छुकको चाहानालाई भट्टराई स्वीकार गर्ने पक्षमा छैनन् । तत्कालीन जनसरकार प्रमुख हुँदा मच्चाएको रक्तपातपूर्ण आन्दोलनलाई भट्टराईले अहिले पनि विभिन्न तर्क गरेर ‘ऐतिहासिक जनयुद्ध’ भन्दै गर्व गर्छन् ।

जोशी सधैँ बिवादमा
पूर्व प्रधानमन्त्री भट्टराईको भ्रमणको विषयलाई लिएर प्रवक्ता तिवारीसँग सामाजिक सञ्जालमा सिगौरी खेल्न पुगेका जोशी यस अघि पनि धेरै पटक बिवादको केन्द्रमा रहँदै आएका छन् । एनआरएनए अमेरिकाको गत निर्वाचनमा टेक्सस निवासी भुवन आचार्यसँग जोशीको दोहोरी चलेको थियो ।
निर्वाचनको समय एनआरएनएको वेबसाइट ह्याक गराएर ४२ सय नक्कली सदस्य बनाएको विषयमा पनि उनी बिवादित भए । जोशीले चारहज्जार भन्दा बढी नक्कली सदस्यहरू बनाएको आरोप लगाउनेहरूले अहिले पनि जोशीले बोलेको र पठाएका सन्देश आफ्नो रेकर्डमा रहेको बताउँछन् ।
एनआरएनका कतिपय पदाधिकारीहरू नक्कली सदस्य बनाउँदा प्रयोग गरिएका कम्प्युटर र आइपि कोडहरूको बिबरण लिएर अदालत जाने अन्तिम तयारी गरिरहेका थिए । त्यसै बेला उनले तत्कालीन निर्वाचन समितिका विरुद्धमा दाखिला गरेको मुद्दा फिर्ता गरेर आफ्नो विरुद्धको मुद्दा अदालतसम्म जान दिएनन् । यतिमा मात्र यो विबाद सीमित भएन । प्रवासी मञ्च र नेपाली जनसम्पर्क समितिले पूर्ण साथ दिँदा दिँदै पनि उम्मेदवारी फिर्ता गरेर उनले दुवै शक्तिलाई लज्जित बनाएका थिए । जोशीले प्रतिस्पर्धी डाक्टर केशव पौडेलसँग चुनावी अभियान र नक्कली सदस्यता बनाउँदाको पैसा लिएर धोका दिएको उनीहरूको बुझाइ छ ।

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा मन्दिरको दर्शन
Breaking News

राष्ट्रपति पौडेलद्वारा मन्दिरको दर्शन

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
Breaking News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

राजनीतिक स्थायित्वका लागि अहिलेको निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्छ : अध्यक्ष नेपाल
Breaking News

राजनीतिक स्थायित्वका लागि अहिलेको निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्छ : अध्यक्ष नेपाल

सरकारलाई सुशासनको बाटोतर्फ लाग्ने काम गर्न अध्यक्ष ओलीको सुझाव
Breaking News

सरकारले अहिले विभिन्न तस्करी काण्डहरु चलाइरहेको अध्यक्ष ओलीको आरोप

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल
ट्रेन्डिंग न्यूज्

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result