काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको मुख्य लक्ष्य नै आर्थिक गतिविधि बढाउने रहेको बताएका छन् ।
मन्त्री महतले आइतबार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै े आर्थिक गतिविधिलाई बढाउने सरकारको लक्ष्य रहेको बताए । उनले अर्थतन्त्रले बिस्तारै लय पक्रँदै गएको भएपनि राजस्वमा भने समस्याहरु कायमै रहेको बताए । उनले वैदेशिक मुद्राको सञ्चिति राम्रो भएको बताए ।
मन्त्री महतले पर्यटकको आगमन पनि बढिरहेको उल्लेख गरे । उनले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बैंकहरुले ब्याज कम गर्नुपर्ने बताए । त्यस्तै नियमनकारी संस्थाहरुले अर्थतन्त्रको दिशालाई मध्यनजर गर्दै आफ्नो नीति निर्माण गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-