अमेरिका, सेप्टम्बर १७ । यूरोपियन च्याम्पियन लिग अन्तर्गत मंगलवारवाट सुरु भएको खेलमा साविक विजेता लिभरपुल इटालियन क्लव नेपोलीसँग २–० अन्तरले पराजित भएको छ । नेपोलीको लागि ८२ औं मिनेटमा मार्टेसनले पेनाल्टि मार्फत अग्रता लिएका थिए । नेपोलीको घरेलु मैदानमा भएको खेलमा ९० औं मिनेटमा लिरोण्टेले अर्को गोल थपे ।
अर्को इग्लिस क्लव चेल्सिलाई स्पेनिस क्लव भ्यालेन्सियाले १–० अन्तरमा स्तव्ध वनाएयो । भ्यालेन्सियाको निम्ति एक मात्र गोल ७४ औं मिनेटमा रोड्रीगोले गरेका थिए ।
यता अर्को स्पेनि क्लव बार्सीलोनालाई जर्मनी क्लव ब्रुसिया डोर्टुमोण्डले रोक्न सफल भएको छ । घरेलु मैदानमा भएको खेलमा डोर्टुमोण्डले पेनाल्टी पाए पनि बार्साका गोलरक्षकले बल सहजै विफल पारे ।
चोटबाट मुक्त भए पछि दोस्रो हाफमा मैदान प्रवेस गरेका लियोलन मेसीले पनि कुनै चमत्कारी देखाउन सकेनन् ।
च्याम्पियन्स लिग अन्तर्गत मंगलवारका अन्य खेलमा लियोन र जेनीट तथा इन्टर मिलान सल्भिया र पाराग्वेले १–१ गोलको बराबरी खेलेका छन् । साल्जुङले जेन्कलाई ६–२ र डच क्लव आयक्सले
फ्रान्सेली क्लव लिलिलाई ३–० अन्तरले हराएको छ ।
आर वि लिइपजीगले पोर्चुगिस क्लव वेनाफिकालाई २–१ को अन्तरले पराजित गर्यो । अब बुधवार आठ खेल हुनेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-