काठमाडौं । सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा निकै रस्साकस्सी भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।
दुई नेताबीच आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुई नेताबीच भएको कुराकानी भने सार्वजनिक भएको छैन।
सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको विषयमा सहमति जुटाउने प्रयास जारी रहेको भनिए पनि अन्तिम टुंगो भने लाग्न सकेको छैन।
प्रतिक्रिया लेख्नुहोस्:-