काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताएका छन्।
अध्यक्ष ओलीले सोमबार राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाए।
‘खसी, बोका ट्रकका ट्रक आउँछ। यो कुनै मुख्य भन्सारबाट होइन। मुख्य बाटोबाट होइन। अरु बाटोबाट आएको आएकै छ। मुख्य बाटोबाट पनि आउँछ। किनभने देउरालीमा पाती राख्नुपर्छ। देउरालीमा पाती चढाउने, ट्रक पास। किन राजस्व उठदैनरु,’ ओलीले भने, ‘सच्याउनुपर्ने थुप्रै कुरा छ। धेरै कुराहरू सच्याउनु पर्नेछ। मैले आफ्नो समयमा सच्याउन खोजेको थिए। ऊर्जाको क्षेत्रमा मैले प्रधानमन्त्री हुने बित्तिकै २०७२ साल असोज २४ गते प्रधानमन्त्री निर्वाचित भएको थिए। कार्तिक १५ गते सपथ लिएका थिए। दसैंको समय पारेर मैले झापामा बोलेका थिए–आउँदो तिहार आधारभुत रुपमा बत्ति निभाइने छैन।’
प्रतिक्रिया लेख्नुहोस्:-