काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक धेरै प्रकारका खतराबाट जेलिएको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै धेरै प्रकारका खतराहरुबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरुको कर्तव्य भएको पनि स्पष्ट पारे।
ओलीले भने, ‘मलाई के लाग्छ भने आज देश जहाँ पुगेको छ। यतिबेला सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था, साँच्चै गम्भीर भएर देशको बारेमा सोच्नुपर्ने अवस्था आज आएको छ। आज सबै पार्टी, सबै पक्षहरु मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ। नत्रभने धरै प्रकारका खतराहरुबाट हामी जेलिदैछौं। त्यो गम्भिर परिस्थिति छ। त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ। त्यसमा पनि प्रमुख राजनीतिक दलहरुको कर्तव्य हो यो।’
प्रतिक्रिया लेख्नुहोस्:-