काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको वार्तालाई बहिस्कार गरेको छ। शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर आज दिउँसो ३ बजे वार्तामा आउन महासंघलाई अपिल गरे पनि शिक्षकहरु वार्तामा नगएका हुन्।
संसदमा शिक्षा सम्बन्धि विधेयक दर्ता भइसकेकाले शिक्षा मन्त्रालयले गर्ने वार्ताबाट समस्या समाधान नहुने भएको वार्तामा नगएको शिक्षक महासंघको भनाई छ। शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता समिति गठन गरी मन्त्रालयले आह्वान गरेपनि उनीहरू अनुपस्थित भएका हुन्।
शिक्षा विधेयकमा असहमति जनाउँदै काठमाडौं केन्द्रित विरोधका कार्यक्रम घोषणा गरेका शिक्षकहरु धमाधम काठमाडौं आइरहेका छन्। महासंघ अध्यक्ष कमला तुलाधार र महासचिव लक्ष्मीकिशोर सुवेदीले विज्ञप्ति जारी गरेर आन्दोलन जारी रहने बताएका छन्।
‘
प्रतिक्रिया लेख्नुहोस्:-