काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलालका कारण संविधान कार्यान्वयनमा समस्या भएको टिप्पणी गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले बुधबार पार्टीको एक कार्यक्रममा दलाल नोकरशाही पुँजीवादले नेपालको राजनीति र अर्थतन्त्रलाई कब्जामा लिएका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताएका हुन् ।
उनले सबैभन्दा पहिले देशलाई दलाल नोकरशाही पुँजीवादको कब्जाबाट मुक्त गर्नुपर्ने पनि बताए ।
शोषणको नयाँ–नयाँ रूपहरूलाई अन्त्य गर्दै राष्ट्रिय पुँजी विकासको वातावरण तयार नगरेसम्म संविधानमा लेखिएको कुरा व्यवहारमा लागू गर्न नसकिने उनको बुझाइ थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-