काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनआन्दोलनका उपलब्धिलाई कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्ने बताएका छन्। उनले बुधबार शीतलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि चनाखो हुनुपर्ने स्पष्ट पारे।
लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको बताउँदै उनले सुखद् भविष्य प्राप्त गर्न राजनीतिक उपलब्धिहरूलाई जोगाउँदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प नरहेको जिकिर गरे।
प्रतिक्रिया लेख्नुहोस्:-