काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफ्नो पार्टी जनताको शान्तिको चाहनासँग एकाकार रहेको बताएका छन् । उनले बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको ‘मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले आफूहरू शान्तिप्रति कटिवद्ध रहेको बताए ।
उनले अहिले पनि नेकपा (माओवादी केन्द्र)मा मानवता, लोकतन्त्र, परिवर्तन, न्याय र समानताप्रतिको उद्देश्य उस्तै रहेको बताए । उनले शान्तिप्रतिको लगाव र निष्ठाकै शान्तिप्रक्रियाको सम्झौता सम्भव भएको बताए ।
उनले शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीयतालाई व्यवस्थित गर्न लोकतान्त्रिक प्रक्रियामा सबभन्दा बढी गहिराइको साथ लागेको बताउँदै नेपालमा युद्धले शान्ति ल्याएको बताए ।
ू
प्रतिक्रिया लेख्नुहोस्:-