काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत ओलीले शुक्रबार एमाले अर्थ तथा योजना विभागले शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा हिंसा सुरु गरेको फाल्गुन १ गतेलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताएका हुन् ।
उनले हिंसा दिवस र शान्ति प्रक्रिया सँगसँगै जाने विषय नभएको तर्क गरे । उनले सरकारले राजनीतिको अपराधीकरण र अपराधीको राजनीतिकरण गरिरहेको टिप्पणी गरे । ओलीले अपराधीलाई छाड्ने सरकारको निर्णयलाई राष्ट्रपतिले सहिछाप गरेको भन्दै आपत्ति जनाए ।
प्रतिक्रिया लेख्नुहोस्:-