काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तस्करीका काण्डहरू चलाएको यो सरकारले देश बनाउन नसक्ने बताएका छन् ।
अध्यक्ष ओलीले शनिबार भक्तपुरमा दीपेन्द्रराज गिरी स्पाइनल नेत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै सरकारले अहिले विभिन्न तस्करी काण्डहरु चलाएको भन्दै त्यसले देश विकास हुन नसक्ने बताए ।
देशलाई सफल बनाउन नातागोता, परिवारवाद र व्यक्तिगत स्वार्थ त्याग गर्न सक्नुपर्ने उनले जिकिर गरे । अध्यक्ष ओलीले देशको मूल्यमान्यतामा कसैका व्यक्तिगत स्वार्थ स्वीकार्य नहुने स्पष्ट पारे ।
देशका लागि काम गर्दा आफू नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गरिएको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-