काठमाडौं । आजैमात्र चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन् ।
प्रचण्डले हाङ्जाओमा राष्ट्रपति सीसँग संक्षिप्त भेटवार्ता गरेका हुन्। उनीहरूबीच द्विपक्षीय भेटवार्ता हुन बाँकी छ। एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार हाहाङ्जाओ पुगेका छन्।प्रचण्डलाई हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए।
प्रधानमन्त्री प्रचण्ड अमेरिकामा संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै चीन पुगेका हुन्। प्रधानमन्त्री प्रचण्डले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-