काठमाडौं । गृहमन्त्री बालकुष्ण खाँणले आगामी निर्वाचनमा उम्मेदवार हुन नेताहरुबीच प्रतिस्पर्धा भइरहेको बताएका छन्।
उनले शनिबार भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको उद्घाटन गर्दै सबैलाई टिकट दिन नसकिने हुँदा बुद्धले झैँ त्याग गर्नुपर्ने बताएका हुन्।
‘यो संवेदनशील बेलामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नुपर्ने, नयाँ जनादेशले नयाँ राजनैतिक उचाइ छुनुपर्ने सङ्कल्पमा आफ्नो भूमिकाको खोजी गर्नु स्वाभाविक हो।’उनले भने, ‘तथापि कहिलेकाहीँ मुलुकका लागि, विचारका लागि एक कदम पछाडि पनि हट्नुपर्ने हुन्छ।’
सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने जिकिर गर्दै अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने जिकिर गरे।
प्रतिक्रिया लेख्नुहोस्:-