काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा पेस गरिएको शिक्षा विधेयकलाई सच्याउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले सो विधेयकलाई सच्याउन कांग्रेसले आफ्ना पार्टीका सांसद र नेताहरूसँग सामुहिक छलफल गर्ने समेत बताए। उनले कांग्रेस संसदमा सबैभन्दा ठूलो पार्टी भएकाले नाताले उसले हरेक विधेयकलाई समृद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए।
‘नेपाली कांग्रेस संसदको ठूलो पार्टी हो। त्यो भएको हिसावमा नेपाली कांग्रेस यो संसदमा केही काम गरिदियोस् भन्ने तपाईका मागहरू छन, जुन जायज छन। शिक्षा विधेयक भर्खर संसदमा दर्ता भएको छ,’ उनले भने, ‘कांग्रेसका सांसदहरू, कांग्रेसका केन्दिय सदस्यहरू बसेर यो विधेयकलाई हामी कसरी परिस्कृत र समृद्ध बनाउन सक्छौ भनेर छलफल गर्छौै। मुस्लिम समुदायले केही महत्वपूर्ण विषयहरु उठाउनुभएको छ, जुन मदरसा शिक्षासँग सम्बन्धित छ।’
प्रतिक्रिया लेख्नुहोस्:-