काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल खेल्ने माध्यम नबनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएका छन्।
उनले सोमबार पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन्।
‘शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल नबनाउनुस्, प्रधानमन्त्रीजी। पीडकलाई थप पीडा दिएर शान्ति प्रक्रिया टुंगिदैन, घाउमा मल्हमपट्टी लगाएर, क्षतिपूर्ति दिएर टुंगिने हो। आफ्नालाई काखा, अरूलाई पाखा गरेर चल्दैन,’ ओलीले भने, ‘यो दसैँमा तपाईंका कार्यकर्तालाई मात्र पैसा बाँड्नुहुन्छ कि पीडितहरूले पनि सारी लाउनुपर्छ कि पर्दैन ?’
प्रतिक्रिया लेख्नुहोस्:-