काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहलाई अधिकार दिन कन्जुस्याँइ गर्न नहुने बताएका छन् । उाले आज महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र भवनको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
उनले स्थानीय तहलाई नियन्त्रित गरेर अधिकार दिने गरिएको भन्दै स्थानीय तहलाई अधिकार दिन कन्जुस्याइँ गर्न नहुने बताएका हुन् ।
‘वास्तवमा हाम्रा स्थानीय तह र हाम्रा प्रदेशहरू, अहिले अझै पनि संविधानको मर्म अनुरूप अधिकार सम्पन्न हुन सकेका छैनन् । उनीहरू अझै पनि उनीहरूलाई नियन्त्रितरूपमा अड्कलेर अलि अलि अड्कलेर अधिकार दिइने एउटा कन्जुस्याइँ भएको छ । अब यो हुनु हुँदैन । अब दिल खोलेर जनतालाई अधिकार दिनुपर्छ,’ उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-