अमेरिका, सेप्टेम्बर २५ । अमेरिका घुम्न आएका एक नेपालीलाई बाटोमा हिडिरेको बेला कारले ठक्कर दिदा निधन भएको छ ।
महोत्तरी बर्दीवासका बिष्णु प्रसाद सापकोटा बुधवार केन्टुकी राज्यको लजिड्गटनमा मर्निङवार्कमा रहेको बेला कारले ठक्कर दिएको थियो । ५८ बर्षिया सापकोटाको घटनास्थलमै निधन भएको हो ।
घटना लगत्तै उनकी धर्मपत्नी बिमला सापकोटा बेहोस भएकी थिइन । उनको स्थानीय युके अस्पतालमा उपचार भई रहेको छ । उनीहरू छोरी बिनिता सापकोटा र ज्वाई रोशनराज घिमिरेलाई भेटघाट गर्न तीन साता अघि मात्र अमेरिका आएका हुन् ।
यस अघि बुधवार नै अमेरिकाको पेन्सलभेनिया राज्यस्थित ल्यानकास्टरमा सडक दुर्घटनामा घाइते भएका नेपाली भाषी कर्ण बहादुर सुबेदीको उपचारको क्रममा मृत्यु भएको थियो ।
सडक पार गर्ने क्रममा गाडिले ठक्कर दिँदा गम्भीर घाइते भएका सुबेदीलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो । उनलाई बचाउन गरिएको प्रयास सफल नभएको अस्पतालले आफन्तहरूलाई जानकारी गराएको छ ।
उनको दाहसंस्कार बिहिवार बिहान सात बजे, ११९ सेन्टर एभेन्यू रिडिङ पेन्सलभेनियामा गरिने नेपाली भाषी भुटानीहरूले सामाजिक सञ्जालमा राखेका छन् ।
सुबेदी डोगना भुटानमा जन्मिएका हुन् । उनी अहिले परिवार सहित पेन्सलभेनियामा वस्तै आएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-