अमेरिका, २६ सेप्टेम्बर। एनआरएनए अमेरिकाले अन्तरास्ट्रिय समन्वय समितिमा भाग लिन जाने प्रतिनिधिको तेश्रो सुची प्रकाशन गरेको छ। एनआरएनए अमेरिकाले जम्मा १ सय ६८ प्रतिनिधि पठाउन पाउने पहिलो र दोश्रो सुचिमा निकालिएका १ सय २० मध्य १ सयले प्रतिनिधि शुल्क तिरेको हुँदा तेस्रो सुचिमा ६८ जनाको नाम प्रकाशन गरिएको छ ।
सुचिमा टेक्सासबाट सबै भन्दा बढी १७ जना, दोश्रोमा न्युयोर्कबाट १३ जना तथा क्यालिफोर्निया र मेरिल्याण्डबाट ६-६ जनाको नाम समावेश गरिएको छ ।
एनआरएनए अमेरिकामा रहेका ८ हजार ८ सय हाराहारी सदस्य संख्यामा न्योयोर्क च्याप्टरमा सबै भन्दा बढि २२३९ सदस्य रहेका छन् । त्यसै गरी टेक्ससमा १७८० , मेरिल्याण्डमा ८०१ र क्यालिफोर्निया राज्यमा ७३१ सदस्य रहेका छन्। सदस्य संख्या र प्रतिनिधि संख्या अनुपातको आधारमा टेक्सास राज्य भाग्यमानी देखिएको छ ।
ICC Delegates 3rd list
ICC Delegates 3rd list
एनआरएनए अमेरिका रहेका सदस्यहरु राज्य अनुसार ;
प्रतिक्रिया लेख्नुहोस्:-