काठमाडौं । निर्वाचन आयोगले आज (मंगलबार) मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।
आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दललगायत विभिन्न सरोकारवाला पक्षले पालना गर्नुपर्ने गरी आचारसंहिता जारी गरेको हो ।
गत आइतबार आयोगले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो । सो अवसरमा आयोगले उनीहरूलाई आफ्नो दल आचारसंहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो । आचारसंहिता केही खुकुलो हुनुपर्ने दलहरुको माग गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-