काठमाडौं । सरकारले कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई अवकाशपछि पूर्वप्रधानन्यायाधीशलाई सरह सुविधा दिने निर्णय गरेको छ । ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्तावका कारण उनी निलम्बनमा परेपछि कार्की कामू प्रधानन्यायाधीश भएका थिए । उनले ६५ वर्षका उमेर हदका कारण १६ असोजमा अवकाश पाउँदैछन् । उनको अवकाशअघि बसेको मन्त्रिपरिषद बैठकले ६ महिना कामु प्रधानन्यायाधीश भइसकेका न्यायाधीशलाई गाडी र सवारीचालक सुविधा दिने निर्णय गरेको हो ।
‘यो निर्णय कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई मध्यनजर गरी भएको देखिन्छ’, सर्वोच्च अदालत स्रोतले भन्यो, ‘नभए ६ महिना कामू प्रधानन्यायधीश भएको भनी मापदण्ड बनाउनुपर्ने थिएन । यो वाक्यांशले उहाँलाई बाहेक कसैलाई लाभ दिँदैन ।’
प्रतिक्रिया लेख्नुहोस्:-