काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल दूरसञ्चार प्राधिकरणमा हुने चुहावट र भ्रष्टाचार रोकिनुपर्ने बताएका छन् । उनले बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
प्राधिकरणमा भ्रष्टाचार भइरहेको कुरा आएको उल्लेख गर्दै यस विषयमा समितिमा पनि छलफल गर्नुपर्ने उनको भनाइ छ । प्राधिकरणले भित्र्याउन खोजेको प्रविधि उपयुक्त नभएमा अन्य प्रविधि भित्र्याउनुपर्ने उनले बताए । प्राधिकरणमा भइरहेको चुहावट र भ्रष्टाचार रोक्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्:-