काठमाडौं । कार्यवाहक प्रधानमन्त्री रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौता देशहितमा भएको बताएका छन् ।
उनले बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा चीनसँग सहमति र सम्झौतासँगै प्रधानमन्त्री दाहालको भ्रमण सफल भएको बताए । उनले बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० सत्ता गठबन्धन दलको सहमतिमै प्रधानमन्त्रीले सहमति जनाएको खड्काले स्पष्ट पारे । सरकारमा कांग्रेसको नेतृत्व गरिरहेका खड्काले भने, ’गठबन्धनको सहमतिका यी सबै सहमति प्रधानमन्त्रीले गर्नुभएको हो ।’
कार्यवाहक प्रधानमन्त्री खड्काले विकास–निर्माणका सन्दर्भमा देखिएका कानुनी अड्चनलाई हटाउन केही नेपाल ऐन संशोधनको प्रक्रिया अघि बढाइएको पनि जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-