काठमाडौं । आज शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । बुधबार नेप्से १८.६० अंकले घटेको हो।
यसदिन नेप्से ०.९१ प्रतिशतले घटेर २००४।३० बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५१८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँ पुगेको छ। यस दिन २८२ वटा धितोपत्रको ७० लाख ६१ हजार ४०४ कित्ता सेयर किनबेच भएको हो।
प्रतिक्रिया लेख्नुहोस्:-