अमेरिका, सेप्टेम्वर २८ । दशैको अवसर पारेर लवक नेपाली समाजले अमेरिकाको टेक्सासमा साँस्कृतिक साँझको आयोजना गर्ने भएको छ । अक्टोवर ५ मा हुने साँझलाई सुमधुर र सांगीतिक बनाउन स्थानीय कलाकारहरुले विभिन्न नृत्य तथाँ गायन प्रस्तुत गर्ने जनाइएको छ ।
समाजले दशैैंको अवसरमा वर्षेनि साँस्कृतिक साँझको आयोजना गर्दे आएको छ । कार्यक्रमको निम्ति विभिन्न तयारी समिति समेत गठन भइसकेको जनाइएको छ । यस पटक कार्यक्रममा सहभागिहरुमा थप उत्साह जगाउन दशै भाग्यशालि चिठ्ठाको घोषणा गरिएको छ ।
विजेताहरुले हिराको गहना सहित विभिन्न उपहार प्राप्त गर्ने छन् । लवक नेपाली समाजका अध्यक्ष डाक्टर प्रकाश श्रेष्ठले यस्तो कार्यक्रमले प्रवासमा रहेका नेपालीलाई एकतावद्धरुपमा बाध्नुको साथै चाडवाडको मौसममा स्वदेशको तृष्णा मेटाउने वताए । साँस्कृतिक साँझको निम्ति टिकटको विक्रि वितरण सुरु भइसकेको पनि समाजले जनाएको छ । टेक्सास राज्यको लवकमा झण्डै १ सय ५० भन्दा वढि नेपाली रहेका छन् । समाजको भोली (आइतावार) साधरण सभा वैठक समेत वस्ने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-