काठमाडौं । आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्दा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै संस्थापनइतर समूहले पार्टी मुख्यालयमा एक घण्टासम्म मौन धर्ना बसेर नेताहरू छलफलमा जुटेका छन् । आगामी निर्वाचनका लागि उम्मेदवार चयनमा असन्तुष्टि व्यक्त गर्दै पार्टीभित्र समान अवसर र न्याय माग गर्दै नेताहरू संघर्षमा छन् ।
धर्नापछि कोइरालाले नेताहरूलाई बोलाएर बत्तीसपुतलीस्थित एक होटेलमा छलफल गरिरहेका छन् ।
नेता कोइरालाले संघर्षमा उत्रिएका नेताहरू गुरुराज घिमिरे, जगदिश्वरनरसिंह केसी, भुपेन्द्रजंग शाहीलगायत नेताहरूसँग छलफल गरिरहेका छन् । छलफलमा महामन्त्री गगन थापालगायत नेताहरू भने छैनन् ।
प्रतिक्रिया लेख्नुहोस्:-