काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राम्रो काम गर्नेलाई एमालेले समर्थन गर्ने बताएका छन्।
उनले बुधबार काठमाडौं– ३ स्थित रानीदेवी समूहले लाजिम्पाटमा आयोजना गरेको बडादसैँको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ। राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ। राम्रा काम जोसुकैले गरून्, त्यसलाई हाम्रा काम बनाउनुपर्छ। सबै हाम्रा राम्रा नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो,’ उनले भने, ‘अहिले विभिन्न साथीहरू विभिन्न रूपले प्रकट हुनुभएको छ। तर, दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य हुँदैन। एउटा दल खराब भए फेरि अर्को दल आउँछ।’
प्रतिक्रिया लेख्नुहोस्:-