काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले मूल्यवृद्धि नियन्त्रणमा सरकारले पूर्ण प्रयत्न नगरेको टिप्पणी गरेका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अ मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न नगरेको बताएका हुन् । मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
उनले मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा एकीकृत समाजवादीले संसद् चल्दा संसद्मा आवाज उठाइरहेको र संसद् नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको उल्लेख गरे । उनले भने, ‘यसरी अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको छ, त्यसलाई नियन्त्रण गर्ने सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन । अन्धाधुन्ध भाउ एकैचोटी बढाउने । कुनै औचित्य छैन त्यसमा । थोरै(थोरै बढाउनु त एउटा कुरा होला । त्यो बढाउँदा पनि कहीं छलफल गर्नुपर्ने होला । तर जसरी आफ्नो हिसाबले बढाउने काम भइरहेको छ, यस सन्दर्भमा सरकारको ध्यान हामी पनि आकर्षित गराउन चाहन्छौं ।’
प्रतिक्रिया लेख्नुहोस्:-