काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकको विकास गर्नका लागि शासक इमानदार हुनुपर्नेमा बताएकी छन् । उनले विहीबार राजधानीमा हिमालय मातृभूमि फाउन्डेसनले आयोजना गरेको ‘सुशासन, विकास र समृद्धि लागि राष्ट्रिय अभियान(२०८०’ कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।
‘वर्तमान सरकारको शासनशैली जनतालाई मन परेको छैन, किनभने इमान्दारिता छैन’, उनले भनिन्, ‘सुशासन, विकास र समृद्धिका लागि शासन इमानदार हुनैपर्छ ।’ धेरै बिग्रेको सुधार हुनका लागि समय लाग्ने भएकाले आशावादी हुन आग्रह गर्दै उनले भनिन्, ‘यही देशको माटोको विकास गर्नुपर्छ, अरूको देशमा जानु भनेको हराउनु हो ।’
उनले देशमा भ्रष्टाचारले जरो गाँडेको उल्लेख त्यसको अन्त्यका लागि दबाब समूह जरुरी भएको बताइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-