काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूची हेरफेर हुने बताएका छन्।
उनले विहीबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित पार्टीको कार्यक्रममा असन्तुष्टि सम्बोधन हुने गरी सूची परिमार्जन हुने बताएका हुन् ।
३ असोजमा पार्टीले बुझाएको नामावलीप्रति डा. शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ ।
माग सम्बोधन हुने गरी नयाँ सूची तय हुने थापाले आश्वासन दिएका कार्यक्रममा सहभागी एक नेताले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-