काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई चिकित्सकमाथि दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ।
समितिको आजको बैठकमा समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य क्षेत्रलाई मर्यादित, सुरक्षित, हिंसा र भयमुक्त एवं मैत्रीपूर्ण बनाई निर्वाध सेवा प्रवाहको वातावरण तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
‘चिकित्सकमाथि हुने यस्तो घटनाप्रति खेद प्रकट गर्दछौँ,’ समितिको निर्णयमा भनिएको छ, ‘दोषीउपर कारबाही गर्न र सार्वजनिक सरोकारको स्वास्थ्य क्षेत्रलाई मर्यादित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।’ समितिका सभापति जोशीले चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि बढ्दो आक्रमण र दुर्व्यवहारका घटनाप्रति ध्यानाकर्षण भएको बताए।
बैठकले चिकित्सक एवं स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्याको समाधान वार्ताबाट गर्न सुझाव दिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-