दुबइ –
दुबइमा भएको सडक दुर्घटनामा ६ जना नेपाली नागरिकसहित एक भारतीय र पाकिस्तानी गरी ८ जनाको घटनास्थलमा नै मृत्यु भएको दुबई प्रहरीले जनाएको छ । अन्य छ जना घाइते भएका छन् ।
घाइतेको उपचार राशिद अस्पतालमा भइरहेको दुबइ प्रहरीले बताएको छ। घाइते भएकामध्ये दुई जना गम्भीर रहेको दुबई प्रहरीले बताएको छ । अन्य चार घाइते सामान्य छन्
प्रहरीका अनुसार सोमवार बिहान ४ बजेर ४५ मिनेटमा शेख मोहम्मद बीन जाइद रोडमा दुर्घटना भएको शारजाह पुग्नुअघि मिरदिफ सहरमा दुर्घटना भएको हो। प्रहरीले नेपालीसहितको टोली चढेको मिनिबसलाई ट्रकले ठक्कर हान्दा दुर्घटना भएको बताएको छ ।
दुर्घटनामा परी ६ जना नेपाली नागरिकको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ। मृत्यु हुनेमा रमेश चौधरी, दान बहादुर सत्याल, कृष्ण बहादुर पुन, नारायणप्रसाद पोख्रेल, दीपक विक र नय राम साउद रहेको जनाइएको छ। दुर्घटनामा बस चालकको पनि मृत्यु भएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-