काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्।
कृष्णप्रसाद दाहाललाई पराजित गर्दै ढुंगेलले जित हात पारेका हुन्।
अध्यक्षमा विजयी ढुंगेलले ६९६ मत ल्याए भने पराजित भएका दाहालले ४३९ मत मात्रै प्राप्त गरे । अध्यक्ष ओलीको चाहना अनुसार सर्वसम्मत गराउने प्रयास विफल भएपछि शुक्रबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मतदान भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-