काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकार उल्टो गतिमा हिँडेको आरोप लगाएका छन् । उनले शुक्रबार सिन्धुलीको दुधौलीमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन् ।
‘डाक्टर कुट्नेलाई थुन्नु पर्दैन ?,’ उनले भने, ‘थुन्नुपर्नेलाई नथुन्ने, नथुन्नु पर्नेलाई थुन्ने उल्टो गतिमा सरकार हिँडेको छ ।’
प्रदेश सरकारलाई अधिकार नदिएकोमा आक्रोश व्यक्त गर्दै महामन्त्री थापाले भने, ‘एउटा भवन बनाउन जग्गाको निर्णय गर्नुपर्दा मुख्यमन्त्रीलाई मालपोतको हाकिमले डन्डा चलाउँछ, अनि कसरी संघीयता बलियो हुन्छ ?’
‘मुख्यमन्त्री जिल्लाको सीडीओ र मालपोतको हाकिमभन्दा तल छ,’ उनले भने, ‘यस्तो कहीं हुन्छ । प्रहरीको त परैजाओस् चाहिने कर्मचारीसमेत दिएको छैन ।’
प्रतिक्रिया लेख्नुहोस्:-