काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको बताएका छन् । मन्त्री महतले शनिबार जनकपुरमा जनकपुरधाम उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै यस्तो उल्लेख गरेका हुन् ।
अर्थमन्त्री डा। महतले बैङ्कहरूले व्याज दर घटाएको, रेमिट्यान्स वृद्धि भएको र पर्यटक आगमनमा वृद्धि हुँदै गएको बताए । उनले विनियोजित बजेट समयमा खर्च भएमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए ।
उनले अर्थतन्त्रमा सुधार देखिएसँगै लगानी गर्ने वातावरणको निर्माण भएको बताए । उनले सरकारमाथि आन्तरिक र बाह्य लिएको क्रणको सावाँ व्याज तिर्ने दायित्व बढेको उनले बताए ।
अर्थमन्त्री डा। महतले मधेश प्रदेशमा आर्थिक समृद्धिका लागि सुनकोशी मरिन कमला डाइभर्सनको काम अगाडि बढाइएको बताउँदै पूर्व पश्चिम नहर प्रणालीलाई अघि बढाउन सके उत्पादन बढ्ने जिकिर गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-