दूरबिन नेपाल ।
न्युयोर्क, सेप्टेम्वर ३० । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एनआरएनप्रति नेपाल सरकार सकारात्मक भएको बताएका छन । अमेरिकाको न्युयोर्कमा एनआरएनए अमेरिका,न्युयोर्क च्याप्टरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले एनआरएन विधेयक संसदमा विचाराधिन अवस्थामा रहेकोले आगामि हिउंदे अधिवेशनमा पारित हुन सक्ने संकेत गरे । तर सोहि विधेयक संसदबाट पास नभएमा के गर्नुहुन्छ भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले नेपाल सरकार एनआरएन प्रति धेरै आशावादी भएकोले सो विधेयक पास गर्न कुनै आपत्ति नभएको बताए । तर यदि संसदबाट पास नहुने अवस्था आएमा अन्य बाटोबाट पनि विधेयक पास हुने जनाउ दिए । विदेशमा बस्ने नेपालीहरु आपसी राजनीतिमा नअल्झिइकन आफ्नो समुदायको हितमा लाग्नुपर्ने सुझाव दिए ।
अन्तरक्रियामा उठेका प्रश्नहरुको सामुहिक जवाफ दिंदै मन्त्री ज्ञवालीले मुलुक आर्थिक विकासको गतिमा अघि बढिसकेको दावी गर्दै विदेशबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरे । विदेशमा बस्ने नेपालीलाई स्वदेशबाट व्यक्तिगत रुपमा जे जसरी प्रतिक्रिया दिएपनि नेपाल सरकार भने संधै सकारात्मक रहेको प्रष्टिकरण् दिए ।
विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था गर्न अदालतले आदेश दिइसकेको सन्दर्भमा मन्त्री ज्ञवालीले यसकोबारेमा सरकार लागि परेको जिकिर गरे । नेपालमा जलविद्युत क्षेत्रमा लगानीकर्ता भेटिएपनि यातायात अथवा रेल यातायातमा लगानी गर्नेहरु नभेटिएको खुलासा गरे । यसले नेपालामा नयाँ रेल आउने सम्भावना अझै टाढा रहेको संकेत गरे ।
एनआएनए अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा संयुक्त राष्ट्रसंघमा नेपालका स्थायी प्रतिनिधि अमृत राई विशेष अतिथि थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-