काठमाडौं । नेपाल चिकित्सक संघले आज काठमाडौं मेडिकल कलेजको नेफ्रोलोजी ओपीडीमा कार्यरत इन्टर्न चिकित्सक मनिष खड्कामाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
‘हिजो मात्र नेपाल सरकारसँग गरिएको सम्झौता मसी सुक्न नपाउँदै आज स्वास्थ्य सेवा प्रवाहका लागि खटिएको अवस्थामा चिकित्सकमाथि गरिएको अत्यन्तै अमानवीय र कायर भौतिक आक्रमणको जति निन्दा गरे पनि कमै हुन्छ,’ आइतबार साँझ एक विज्ञप्तिमार्फत संघले भनेको छ ।
संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधनसहित) र संघसँग गएको भदौ ३१ गते भएको सम्झौताबमोजिम कडा कारबाही गर्न माग गरेको छ ।
आज दिउँसो सिनामंगलस्थित केएमसी अस्पतालमा खड्कामाथि कुटपिट भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-