काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले एमसीसी परियोजना अगाडि बढाउन सरकारको पूर्ण सहयोग रहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
मन्त्री बस्नेतले सोमबार एमसीसी कम्प्याक्ट सम्झौताको शुभारम्भको अवसरमा नेपाल भ्रमणमा आएकी एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट र उनको प्रतिनिधिमण्डलसँग ऊर्जा मन्त्रालयमा भएको भेटमा परियोजनाले नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने भएकाले त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमा लगिने बताए ।
प्रसारणलाइन र सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा प्राप्तीलगायतका प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै मन्त्री बस्नेतले राष्ट्रिय गौरवको परियोजनाका रुपमा महत्व दिइएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-