Thursday, June 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालभाषाका हास्यव्यङ्ग्य नाटकमा राजनीतिक–सामाजिक विकृति

अशोज १७, २०७५ ३:१६ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १७ असोज / नेपालभाषा साहित्य सरंक्षणका लागि जनस्तरबाट चासो देखाइएको छ ।
कविता, निबन्ध तथा कथाजस्ता साहित्यका विधामार्फत नेपालभाषा साहित्य क्षेत्रलाई जगेर्ना गर्दै आएको नेवार समुदायले ख्यालः(हास्यव्यङ्ग्य) मार्फत अझ तीव्रता दिएको छ यसकोे विकासमा नेवार समुदायसहित गैरनेवार समुदायको पनि सहयोग रहेको पाइन्छ । महाकवि चित्तधर हृदय र सिद्धिदास अमात्य, जनकवि दुर्गालाल श्रेष्ठ, नाटककार श्रीकृष्ण अणु र पद्यरत्न तुलाधर, पत्रकार धर्मादित्य धर्माचार्यजस्ता थुप्रै नेवार साहित्यकारको नेपालभाषाको विकासमा महत्वपूर्ण योगदान छ । साथै गैरनेवार समुदायका तर्फबाट साहित्यकार रमापतिराज शर्मा, मदनमोहन मिश्र तथा हृदयप्रसाद मिश्र आदिलाई पनि बिर्सन सकिँदैन ।
नेपालभाषा साहित्यको बलियो खम्बाका रुपमा रहेको ख्यालःमा हँसाउँदै हँसाउँदै नेपाली समाजमा भएका विकृति तथा विसङ्गतिमाथि घोचपेच गर्दै दर्शक तथा पाठकलाई भरपूर मनोरन्जन दिइएको छ ।
विभिन्न टोल तथा डबलीमा बेलाबेलामा हास्यव्यग्ययुक्त सामग्री प्रस्तुत गरिन्छ भने काठमाडौँ उपत्यकाको महत्वपूर्ण पर्व गाईजात्राभर ख्यालः प्रदर्शन हुन्छ । नेपालभाषा क्षेत्रमा ख्यालः साहित्यको विकास कहिले भयो भन्ने यकिन गर्न नसकिए पनि मल्लकालमा यसको प्रचूर विकास भएको देखिन्छ । संस्कृतिविद् डा चुन्दा बज्राचार्यका अनुसार नेपालभाषाको पहिलो पूर्णाङ्की नाटक भक्तपुरका राजा जगतप्रकाश मल्लद्वारा लिखित ‘मूलदेव शशिदेव’ हो । त्यस्तै ललितपुरका राजा सिद्धिनरसिंह मल्लले कार्तिप्याखँ आठ दिनसम्म प्रदर्शन गर्नुपर्ने व्यवस्था गरेका थिए । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका अनुसार सिद्धिनरसिँह मल्लका छोरा श्रीनिवासले भावनृत्यका रुपमा सीमित कातिप्याखँलाई बाथःप्याखँका रुपमा परिष्कार गरेका थिए । श्रीनिवासको शासनकालमा व्यङ्ग्यको प्रस्तुति एकैनासको नरहेको तर बाथः प्याखँभित्र रहेको विषयवस्तु भने एकनासको रहेको संस्कृतिविद् डा बज्राचार्यको धारणा छ । बाथः प्याखँभित्र रहेका प्रमुख ख्यालमा ‘च्वल्य मीगु’( ‘सुकू तुलीगु‘(सुकुल पट्याउने काम) ‘खुसि छिकिगु‘, ‘कलाःया ल्यवः सिनाः सति वनीगु ’(स्वास्नीको प्रेमिका मरेकामा सती जाने ) छन् ।
नेपालभाषा साहित्यको उत्थानमा ज्यापु समुदायको पनि विशेष योगदान छ । नेवार परम्परानुसार गुँपुन्ही र इन्द्रजात्राभरी प्याखँ(नृत्य) देखाउने उद्देश्यले आफ्नै पहलमा काठमाडौँ उपत्यकाका ज्यापूहरुले नाटक लेखेर टोलटोलमा देखाउने काम पनि गरे । यो नाटक ज्यापू जातिले देखाउँदै आएकाले यसलाई ज्यापू प्याखँ अथवा दबु प्याखँ पनि भनिन्छ । ज्यापु प्याखँमा तीन रस प्रधान गरेर नाटक प्रस्तुत गर्ने चलन रहेको डा बज्राचार्य बताउनुहुन्छ । घिन्तामुनि (रसिक भई नृत्य गर्ने ), मू विषयवस्तुया प्याखँ (वीर रस, करुण रस, शान्त रस) तथा चैन सिपाइया प्याखँ (हास्यरस प्रधान ) छन् ।
ख्यालः साहित्य नेवार समुदायमा निकै पुरानो भए पनि लिखित रुपमा नेपाल संवत् १०७८ मा पुण्यरत्न बज्राचार्यको ‘विवाह समिति’ नामक व्यङ्ग्य ख्यालः पहिलो पटक प्रकाशन भयो । नेपाल संवत् १०९७ मा नाटककार पद्यरत्न तुलाधरको ‘आः जितः नं तनतन दयावल’(अब मलाई पनि अलिअलि दया आयो) नामक ख्यालः नेवार समाजमा चर्चित रह्यो । यस नाटकले नेपाली समाजभित्र रहेको आर्थिक, सामाजिक र राजनीतिक विसङ्गतिलाई उजागर गरेको छ ।
नेपाल संवत् १०९७ मा नै नाटककार श्रीकृष्ण अणुको ‘खः ला मखुलाः ?’ (हो कि होइन ?) नामक ख्याल पुस्तक प्रकाशन भयो । नेपाल संवत् १०९९ मा नाटककार रामशेखरको ‘धिँताल्ल’ नामक ख्याल बाहिर आयो । तुलाधर, अणु र रामशेखर नेपाल भाषाको ख्याल क्षेत्रका त्रिमूर्तिका रुपमा स्थापित भएको संस्कृतिविद् डा बज्राचार्यको भनाइ छ । रमापतिराज शर्मा तथा मदनमोहन मिश्र नेपालभाषाका चर्चित साहित्यकार हुन् । मदनमोहनको ‘गजिगुलुया म्हगसय पशुपतिनाथ’(गाँजा तान्ने व्यक्तिको सपनामा पशुपतिनाथ) नामक ख्यालः पुस्तक लोकप्रिय छ । नेपालभाषा क्षेत्रमा हृदयप्रसादको व्यङ्ग्यात्मक साहित्य लेखन पनि उल्लेखनीय छ ।
नेपाल संवत् १०८० मा ‘न्हुम्ह जिचा भाजु ससलय् ’ (नयाँ ज्वाइँ ससुरालीमा ) नामक पहिलो पटक ख्यालः लेखेर नाटक क्षेत्रमा प्रवेश गर्नुभएका नाटककार तुलाधरका नाटकमा समाजका सानातिना विसङ्गतिका घटनासहित संविधानसभा तथा नेपालमा बारम्बार हुने विद्युत्भार कटौतीलाई व्यङ्ग्य गरिएको डा बज्राचार्य बताउनुहुन्छ ।
नेपाल संवत् ११०४ मा ‘ख्याः बछि नी बछि’ (आधी ठट्टा, आधी साँचो ) तथा नेपाल संवत् ११३५ मा ‘जिँ लातकि….’ (मैले भेट्टाएँ कि….)नामक तुलाधरको ख्यालः प्रकाशनमा आयो । नाटककार तुलाधरको ‘आः जितः नं तनतन दयावल’ नामक नाटकमा आठ ख्याल छन् भने ‘ख्याः बछि नी बछि’ मा पाँच ख्याल तथा ‘जिँ लातकि….’ मा १७ ख्याल छन् ।
नेपाल संवत् १०९५ मा पहिलो पटक सङ्कलित ख्यालः मुना ‘आः जित नं तनतन दयावल’ मा ‘ह्वाइट मार्केट‘ नेपाल भाषा ख्यालः धेँधेँ बल्ला कासा (नाटक प्रतिस्पर्धा) मा प्रथम भएको हो । त्यस्तै तुलाधरको ‘खरदारया छेँ बजेट भाषण’ (खरिदारको घरमा बजेट भाषण), ‘वा वल फय् बल‘ (पानी प¥यो हावा चल्यो ), ‘ह्येँ थकाली कि खेँ थकाली ’ (हाँस जेठो कि अण्डा जेठो ) चर्चित ख्यालः हुन् ।
ख्याः बच्छी निःबच्छि नामक दोस्रो पुस्तकमा ‘किसिया व्यापार’(हात्तीको व्यापार), जागीर चबुम्ह मनू (जागीरबाट खोसिएको मानिस ) आदि गरी पाँच ख्यालः छन् । नाटककार विजयबहादुर मल्लले नेपाल संवत् ११०४ मा लेख्नुभएको किसि न्याइम्ह मदनमान(हात्ती किन्ने मदनमान) नामक ख्यालमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र सूर्यमाला शर्माको भूमिकामा रहेको ख्यालः निकै लोकप्रिय भएको थियो ।
डा बज्राचार्यका अनुसार नेपाल संवत् ११०६ मा प्रकाशित ‘राशिफल’ नामक ख्यालःमा तुलाधरले त्यसबेलाका नेपालका नेताहरुलाई व्यङ्ग्य गर्नुभएको छ । नेपाल संवत् ११०७ मा प्रकाशित ‘डा नवरसानन्द ख्यालः’मा भ्रष्ट नेतालाई व्यङ्ग्य मात्र नभई साहित्यको नवरसलाई पनि रमाइलो गरी प्रस्तुत गरिएको छ । त्यस्तै नेपाल संवत् ११०७ मा प्रकाशित ‘घुस नय्य हे मखु’ (घुस खाँदै खाँदैनौँ ) ख्यालःमा घुसखोरीका बीचमा इमान्दार मानिस ‘जोकर’ भएर बाँच्नुपर्ने अवस्थाको वर्णन गरिएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result