अमेरिका, अक्टोवर ३ । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले सामाजिक सन्जाल मार्फत निवर्तमान सभामुख कृष्णबहादुर महरालाई क्रान्तिका बारेमा प्रश्न गरेका छन् । तत्कालिन माओवादी पार्टीमा सँगै काम गरेका र १० बर्ष सस्शत्र युद्द सँगै लडेका भट्टराईले महराको पछिल्लो बलात्कार काण्डबारे प्रतिक्रिया दिने क्रममा सो प्रश्न गरेका हुन् ।
शुरुमा महराले आफुलाई बलात्कार गरेको आरोप लगाएकी ती महिलाले २४ घण्टा भित्रै बयान फेरिकी थिएन । अहिले उनको पति सँग पनि सम्बन्धबिच्छेदका लागि मन्जुरी दिएको समाचार बाहिर आए पछि भट्टराइले कडा प्रश्न गरेका हुने । भट्टराईले सत्ताशक्तिको आडमा धम्क्याएर, फकाएर, कुरा फेर्न लगाएर युटर्न गराउने र आफ्नो टाउको बचाएको आरोप पनि लगाएका छन्।
डा भट्टराईले राम-रावण द्वन्द्वमा सीतालाई बली चढाउने चलन कहिलेसम्म भन्दै प्रश्न पनि गरेका छन्। डा भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने! भेद खुलेपछि ती स्त्रीलाई नै फकएर-धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने! परपुरुषगमन गरेबापत अर्को पुरुष-लोग्नेले घरनिकाला गर्ने! यो राम-रावण द्वन्द्वमा सीतालाई बली चढाउने चलन कहिलेसम्म? यही हो महिलामुक्ति-सांस्कृतिक क्रान्ति, कणहरु?’
बलात्कारको आरोपमा महराले सभामुखको पदबाट राजीनामा दिए पछि महिलाले बयान फेरेकी थिइन ।
प्रतिक्रिया लेख्नुहोस्:-