अमेरिका, अक्टोबर ३ । हाई प्रोफाइलको बलात्कार काण्डकी मुख्य पात्र रोशनी शाही र उनका पति चित्रजङ्ग शाहीले सम्बन्धबिच्छेद गर्ने लिखित सहमति गरेका छन् ।
निवर्तमान सभामुख कृष्णबहादुर महराले आफुलाई आफ्नै कोठामा बलात्कार गरेको आरोप लगाएकी थिइन् । संघीय संसद सचिवालयमा कार्यरत रोशनीको सोही आरोपका कारण महराले सभामुख पदबाट राजिनामा दिएका थिए । उनको पार्टी सत्तारुढ नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सासंद दुबै पदबाट राजिनामा दिन भनेको थियो । महराले शुरुमा आफु माथिको आरोपको खण्डन गरेका थिए ।
सभामुखबाट महराको राजिनामा पछि पीडित भनिएकी महिला रोशनी शाहीले बयान बदल्दै आफुमाथि बलात्कार नभएकी बताएकी थिइन । उनले २४ घण्टा भित्रै किन बयान बदलिन त्यो रहस्यमय नै बनेको छ । घटनाक्रमले नयाँ नयाँ मोड लिने क्रममा बिहिवार रोशनी र उनका पति चित्रजङ्ग शाही बीच सम्बन्धबिच्छेद गर्ने लिखित सहमति भएको छ।
सामाजिक सन्जालमा नेपाली कागजमा लेखिएको र उनीहरु दुबै जनाको हस्ताक्षर भएको सहमति पत्र बाहिरिएको छ । पत्रमा लेखिएको छ, ‘प्रिय जनहरू, थुप्रै उतारचढावका बीच बितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरू बिते। समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्। तथापी खुसी साथ अलग बस्ने निर्णय गरेका छौं। कानुनी प्रक्रिया निरन्तरताका साथ’
प्रतिक्रिया लेख्नुहोस्:-