काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा नाम भएकाहरुलाई नाम फिर्ता गर्ने समय आजलाई तोकेको छ ।
हिजोसम्म शंशोधित बन्दसूची पेस गर्ने समय तोकिएको थियो । बन्दसूचीको अन्तिम नामावली २२ गते प्रकाशन हुने आयोगले जनाएको छ ।“बन्दसूचीमा नाम भएकाले फिर्ता लिन चाहेमा आज फिर्ता लिन सक्नेछन् । नाम फिर्ता लिएको जानकारी दललाई गराउनुपर्छ,” आयोगले भनेको छ ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधि हिजो सकिएको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभामा ४८ दलले बन्दसूची पेस गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-