काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको प्रचण्ड नेतृत्वको सरकार जतिदिन राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता र राजनीतिक अवस्था कमजोर हुँदै जाने टिप्पणी गरेका छन् । नेता कोइरालाले बुधबार कपिलवस्तु जिल्लाको तौलिहवामा आयोजित कांग्रेसको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भइसकेको जिकिरसमेत गरे । कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत तरिकाले सञ्चालन नगरेका कारण पार्टी अप्ठ्यारोमा परेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-