काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गरेर प्रहरी वृत्त, गौशालामा राखिएको छ ।
बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं ओर्लिएका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । लगतै उनलाई पीडित किशोरीले जाहेरी दिएको प्रहरी वृत्त, गौशालामा लगिएको छ । आजै उनको मेडिकल चेकजाँच हुनेछ ।
अदालतमा भने आइतबार मात्र उपस्थित गराइनेछ । भोलिसम्म दशैंको विदा र पर्सि शनिबारका कारण अदालत बन्द हुनेछ । आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-