काठमाडौं । आगामी २२ गतेदेखि दसैँका लागि अग्रिम टिकट खुल्ला हुने भएको छ। शुक्रबार यातायात ब्यवसायी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीबीच भएको छलफलले यस्तो निर्णय गरेको हो ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले सरकारले सडकका खाल्डा खुल्डी पुर्ने र व्यवसायीले बसको व्यवस्थापन गरी टिकट खुलाउने निर्णय भएको जानकारी दिए।
‘पूर्वाधार मन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशकको समन्वयमा अग्रिम टिकट खुलाउन तयार भएका हौं,’ स्वारले भने, ‘गाडी थप गर्ने र व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो हुन्छ।’
प्रतिक्रिया लेख्नुहोस्:-