काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्पपीडितलाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् । उनले आज भूकम्प प्रभावित क्षेत्रको अवलोकन पछि यस्तो घोषणा गरेका हुन् ।
त्यस्तै उनले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने घोषणा गरेका छन् ।
तीनै तहको सरकारको समन्वयमा क्षति मुल्याङकन गरी कार्यविधि बनाए पुनर्निर्माण गर्ने उनले प्रतिबद्धता जनाएका छन् । सरकारी भवनमा भएको क्षति मुल्याङकन गरी पुननिर्माण गर्ने उनले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-