काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
सबै जिल्ला कार्य समितिले दुवै निर्वाचनका लागि पठाएका करिब सात सय उम्मेदवारमध्येबाट प्रतिनिधिसभामा एक सय ६५ र प्रदेशसभामा तीन सय ३० उम्मेदवार केन्द्रले छनोट गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
विभिन्न राजनीतिक दलबाट तालमेलका लागि प्रस्ताव आइरहेकाले जिल्लाको वस्तुस्थितिका आधारमा जुनसुकै राजनीतिक दलसँग पनि तालमेल गर्न पार्टीले जिल्ला समितिलाई सुझाव दिएको छ ।
समान विचार भएका केही दल तथा समूहसँग एकताका लागि पार्टीले आग्रह गरेकाले पनि परिवर्तित अवस्थामा केही पार्टीसँग तालमेल हुनसक्ने छ ।
राप्रपा र नेकपा (एमाले) को शीर्ष नेतृत्वबीच तालमेलका लागि छलफल भइरहेकाले के कति सिट सङ्ख्यामा समझदारी कायम हुन्छ, त्यसका आधारमा सम्बन्धित जिल्ला कार्य समितिले केही उम्मेदवारका नाम परिवर्तन गर्नेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-