काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड नेतृत्वको वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् । उनले आइतबार कैलालीमा सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
‘९ जना भन्दा बढि विद्यार्थी घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ । आफ्ना नागरिकहरूको अवस्था के छ भन्ने बारे पनि जानकारी छैन । दूतावासमा मात्रै सम्पर्क गरेको भन्ने सरकारको जिम्मेवारी यत्ति हो’, उनले भने, ‘यो सरकार जनता प्रति, नागरिक प्रति जिम्मेवारी छैन भन्ने कुरा यहि घटनाले पुष्टि गर्छ ।’
जनताको विकास र समृद्धिको आधार तय गरिरहेको बेला आफ्नै पार्टीको सरकारलाई एक्लाउन लागेकाहरूलाई जनताले राष्ट्रिय पार्टी समेत नबनाएको टिप्पणी गरे । महासचिव पाखरेलले एमाले पहिलो पार्टी मात्रै भएर नहुने भन्दै अब एकल बहुमतको सरकार बनाउन सक्ने गरी अगाडी बढ्नु पर्नेमा जोड दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-