काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सशस्त्र प्रहरीलाई आवश्यक रणनीतिसहित अगाडि बढ्न निर्देशन दिएका छन् ।
उनले आइतबार सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा आज सिनं १५ का सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै यस्तो निर्देशन दिएका हुन् ।
उनले आगामी दिनमा सूचना प्रविधिको विकासले दिएको अथाह सम्भावनाका साथै निम्त्याएका बहुआयमिक चुनौतीको सामना र सम्बोधन गर्न संगठनले थप प्रभावकारी योजना निर्माण गरी क्षमता अभिवृद्धिमा ध्यान दिन पनि सुझाव दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-