काठमाडौं । सरकारले इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
आज दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले स्वदेश फर्कन चाहनेहरूलाई नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको विमान चार्टर गरी स्वदेश ल्याउने व्यवस्था गर्ने निर्णय गरेको छ ।
बैठकले यही असोज २० गते दक्षिण इजरायलको किबुच अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनको अतिवादी समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको दुःखद निधन भएकामा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै बैठकले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-